काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको छ ।
शून्य समयमा बोल्नुहुँदै सांसद समिना हुसेन र लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले श्रमिक र निम्न आय भएका वर्गहरूको चुलो नबल्ने अवस्था सिर्जना भएको भन्दै पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गर्नुभयो ।
यस्तै सांसद लक्ष्मी परियार र लालप्रसाद सावाँ (लिम्बु)ले वर्षायाम सुरु भएसँगै नदी छेउ र बाढी प्रभावित क्षेत्रका बासिन्दामा डर र त्रास फैलिएको भन्दै सम्भावित क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापनको प्रतिकार्य रणनीति बनाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै, सांसद लालबाबु पण्डित र विना कुमारी श्रेष्ठले आधारभूत रुपमा पाउनुपर्ने नागरिकता नपाउँदा जनताले सास्ती खेप्नुपरेको भन्दै छिटोभन्दा छिटो नागरिकता विधेयक संसद्बाट पारित गर्नुपर्नेमा जोड दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया