बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

गच्छदारको मुद्दालाई लिएर कांग्रेसद्वारा संसद अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारको मुद्दालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ।
सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार प्रकरणमा मुद्दा चलाएको आरोप लगाउँदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो।

उसले सरकारले अख्तियारको प्रयोग गरेर कांग्रेस र अन्य नेताहरुप्रति असमान र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ।

सभामुख अग्नि प्रसाद सापकोटाले बैठक शुक्रबार सम्मका लागि स्थगित गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया