असार २४, २०८२ मंगलबार July 8, 2025

सभामुख सापकोटासहितको संसदीय प्रतिनिधिमण्डल अजरबैजान प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानतर्फ प्रस्थान गर्नुभएको छ । मङ्गलबार बिहान ११ बजेर १५ मिनेटमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

यही असार १६ देखि १८ गतेसम्म बाकु अजरबैजानमा हुन गइरहेको असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।

सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलमा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहनुभएको छ । सापकोटासहितको टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले बिदाइ गर्नुभयो ।

उक्त कार्यक्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवम् महत्व तथा यो अभियानका पक्षमा राष्ट्रहरुका संसद्हरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्नुहुँदै सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ ।

सङ्घीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सम्मेलनमा सभामुखले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सम्मेलनमा सहभागी भएर सापकोटासहितको संसदीय प्रतिनिधिमण्डल असार १९  गते स्वदेश फर्किनुहुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार