असार २५, २०८२ बुधबार July 9, 2025

विदेशमा सम्पति राख्न नपाउने कानुनी व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसद सचिवालयमा विदेशमा सम्पति राख्न नपाउने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता गरिएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक संशोधन प्रस्ताव दर्ता गर्दै विदेशमा सम्पति राख्न नपाउने व्यवस्थ गर्न प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको प्रस्तावनामै विदेशमा सम्पति राख्न नपाउने भनी किटान गरिनुपर्ने सांसद सुवालको प्रस्ताव छ । ‘नेपालीको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सिमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्छनीय भएकोले’ सांसद सुवालले गरेको संशोधन प्रस्तावमा उल्लेख छ ।

नेमकिपाले संविधानमै विदेशमा सम्पति राख्न नपाउने व्यवस्थाका लागि पहल गरेको थियो । संविधान निर्माणकै क्रममा नेमकिपाले ‘नेपाली नागरिकको सम्पत्तिको सीमांकन गरिनेछ, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरिनेछ र जमिनमा जोत्नेको हक हुनेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गरेको थियो । जुन तत्कालीन संविधानसभाले वहुमतले अस्वीकृत गरेको थियो ।

संविधानमा नसमेटिए पनि नेमकिपाले यो विषयलाई निरन्तर उठाउँदै आएको छ । संविधानले विदेशमा सम्पति राख्ने विषयलाई निस्तेज गरेको छैन् । संविधानको धारा २५ मा प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने उल्लेख छ ।

संविधानमा विदेशमा सम्पति राख्न पाउने वा नपाउने भनी प्रष्ट किटान नगरिएका कारण कानुन बनाएर यो विषयलाई सम्बोधन गर्न सकिने नेमकिपाका सांसद सुवालको तर्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार