असार २४, २०८२ मंगलबार July 8, 2025

सुनको मूल्य बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० तोकेको छ।

बुधबार र बिहीबार छापावाला सुन प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८८५ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया