कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

कोशी नदीले कटान सुरु : रोक्ने प्रयास गर्न गृहमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका वडा नं ८ डुम्रेकोट, लाहुरे खोचमा कोशी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुने गरी रोकथामको प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय मिलेर कोशीले कटान सुरु गरेको स्थानमा तारजालीमा ढुंगा भने र बालुबा बोरामा भरेर कटान तर्काउने कार्य गरिरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो, ‘‘नदीले कटान सुरु गरेपछि अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीयले कटान रोक्ने प्रयास गरिरहेका छन् । बहाब ठूलो भएकाले समस्या भइरहेको छ, गृहमन्त्रीज्यूले केन्द्रबाटै पहलकदमी र निर्देशन दिएकाले कटान रोक्ने प्रयास भइरहेको छ ।’’  गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सिंचाइ सचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश १ कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कमल गिरीलगायतलाई टेलिफोन गरी तत्काल कटान रोक्न पहल कदमी लिन निर्देशन दिनुभएको थियो ।

सशस्त्र प्रहरी बलका डिआइजी गिरीले गृहमन्त्रीले कटान रोक्नका लागि तत्काल पहल कदमी लिन निर्देशन दिएको बताउनुभयो । अहिले सशस्त्रको टोली कटान क्षेत्रमा नै रोक्ने प्रयासमा रहेको उहाँले बताउनु भयो । यो क्षेत्रमा गत वर्ष पनि कोसी नदीले कटान गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया