असार २४, २०८२ मंगलबार July 8, 2025

प्रणय दिवसमा भारतबाट मात्रै ७० करोडको गुलाफ आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भ्यालेन्टाइन (प्रणय) सप्ताहमा भारतबाट मात्रै नेपालमा ७० करोडको गुलाफ आयात हुने गरेको छ।

फ्लोरिकल्चर एसोसियसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यसवर्ष भ्यालेन्टाइन सप्ताहमा १ करोडको गुलाफमा विक्रि हुने अनुमान गरिएको छ। जसमध्ये ३० करोडको गुलाफ नेपालमै उत्पादन हुने भएपछि भारतबाट ७० करोडको आयात हुने उनले बताएका छन।

‘भ्यालेन्टाइन सप्ताहमा गुलाफको माग अत्याधिक हुन्छ। तर, चिसो मौसममा नेपालमा गुलाफको उत्पादन घट्ने हुने भएकाले ठूलो हिस्सा भारतबाट आयात हुन्छ,’ अध्यक्ष श्रेष्ठले बताएका छन।

श्रेष्ठका अनुसार यसपटक १ लाख ५० हजार बढि गुलाफहरु खपत हुने अनुमान गरिएको छ। प्रति गुलाफको खुद्रा मुल्य ७० देखि १०० रुपैयाँसम्म पर्ने उनले बताएका छन।

गतवर्ष यसअवधिमा १ लाख ६० हजार गुलाफ विक्रि भएको उनले बताएका छन। भ्यालेन्टाइन मुख्य गरि युवाहरुले मनाउने भएकाले दैनिक हजारौं युवाहरु विदेश जाने भएकाले पनि यसवर्ष कम माग भएको उनको तर्क छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया