कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

नवनियुक्त हिमा बस्नेतले लिइन प्रदेश सांसदको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनीत हिमा बस्नेत भट्टराईले शपथ ग्रहण गरेकी छन् ।

अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् ।

उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो ।

आज (मंगलबार) उनले प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत शपथग्रहण गरेकी हुन् । प्रदेश सभाको कार्यकाल करिब चार महिना बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया