काठमाण्डौंः बुढीगंगा नगरपालिकामा पुनः भएको निर्वाचनमा एमालेले अग्रता कायमै राखेको छ । एमालेले चार वटा वडासमेत जितिसकेको छ ।
एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले २४३८ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १२९३ मत पाउनुभएको छ ।
नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी खडकाले २४१० मत पाउँदा नेपाली कांग्रेसका रिता शाही (शाह)ले १३१४ मत पाउनुभएको छ ।
गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।
मतगणना सकिएकामध्ये वडा नम्बर १, २, ९ र १० मा एमालेले जितेको छ ।
बुढीगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले वताएका छन् । वैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया