भाद्र १, २०८३ सोमबार August 17, 2026

बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ ।

गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी सबै सांसदलाई सूचना जारी गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकमाथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा संसद्मा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विधेयक–२०७९ माथि छलफल हुने कार्यसूची छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया