भाद्र १, २०८३ सोमबार August 17, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न, निर्णय भोली सुनाइने

प्रवक्ता देवराज चालिसेमार्फत् पार्टीको केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ भदौ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज सम्पन्न भएको छ ।

बैठकको समापनका क्रममा समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरुद्वारा उठाइएका विषयमा सभापति गगनकुमार थापाले स्पष्ट पार्नुभएको थियो । केन्द्रीय कार्यसमितिद्वारा पारित गरिएका निर्णयहरू मङ्गलबार अपरान्ह ३ बजे पार्टीका प्रवक्ता देवराज चालिसेमार्फत् पार्टीको केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

आजको बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सह–महामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला संग्रौला पन्त, कर्णबहादुर बुढा, मुक्ताकुमारी यादव तथा केन्द्रीय सदस्यद्वय विनोदकुमार चौधरी र प्रवक्ता देवराज चालिसे तथा केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया