श्रावण ३१, २०८३ आइतबार August 16, 2026

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

निर्वाचनमा ठूलो दल हुन नसके पनि राष्ट्रिय शक्तिको पार्टीको पहिचान कसैले खोस्न नसक्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३१ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिपी कोइराला, गणेशमान सिंह जस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्न दिनु नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेसका नेता धर्म गौतमले लेख्नुभएको पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले बिपीको मेलमिलापको नीतिको सन्दर्भ अहिले व्यापक रुपमा चर्चा भएको बताउनुभयो ।

“दुई, तीन जना बसेर बिपीले यसो भन्नुभएको थियो भन्ने गरेको सुनिन्छ, त्यसको कुनै आधिकारिकता भने हुँदैन, कुनै पुस्तक हुँदैन, दस्तावेज हुँदैन, त्यसका लागि पनि धर्म गौतमजस्ता ऐतिहासिक पृष्ठभूमि भएका व्यक्तिको पुस्तक प्रकाशन हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

कांग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै सभापति थापाले निर्वाचनमा ठूलो दल हुन नसके पनि राष्ट्रिय शक्तिको पार्टीको पहिचान कसैले खोस्न नसक्ने बताउनुभयो । कांग्रेस संस्थापन इतर समूहले हालै गरेको भेलाका विषयमा सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी जानकारी गराइने भएकाले आजै केही नसोध्न पनि उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

पुस्तकका लेखक एवं कांग्रेस नेता गौतमले पुराना नेता सबै गाली गर्न लायक मात्र थिएनन्, सराहना गर्न लायक पनि थिए भन्ने जानकारी दिन नै आफूले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीसँग जोडिएका विषय समेटेर पुस्तक लेखेको जानकारी दिनुभयो । पुस्तकमा बिपीको सूत्र साम्यवादमा प्रजातन्त्र थपे समाजवाद, समाजवादबाट प्रजातन्त्र झिके साम्यवाद र मदन भण्डारीको बहुदलीय जनवादका विषयमा के फरक छ ? बिपी, विचार र दर्शनको पुञ्जलगायत विषयमा चर्चा गरिएको उहाँले बताउनुभयो ।

“पुस्तक बिक्रीबाट प्राप्त हुने रकममा परिवारका तर्फबाट थपेर गाउँको सामुदायिक स्वास्थ्यचौकी र महेश्वरा आधारभूत विद्यालयलाई आधुनिक सुविधासम्पन्न बनाउन सहयोग गर्ने सल्लाह भएको छ, यसमा परिवारका सदस्य पनि सहमत छन्”, लेखक गौतमले भन्नुभयो ।

कार्यक्रममा पुस्तकका बारेमा वरिष्ठ पत्रकार हरिहर विरहीले समीक्षात्मक मन्तव्य दिँदै धर्म गौतमजस्ता राजनीतिज्ञले आफ्ना समयका राजनीतिक इतिहास लेखेर गए मात्र भावी पुस्ता त्यसबाट लाभान्वित हुनाका साथै विगतका राजनीतिक तथ्य पनि उजागर हुने उल्लेख गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार