मंग्सिर २, २०८३ बुधबार November 18, 2026

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

अमेरिकी सैन्य व्यक्तिलाई मार्ने वा पक्रेर बुझाउने जो कोहीले ३० हजार डलर वा पाँच अर्ब तोमान बराबरको इनाम पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, ३१ साउन (रासस/एएफपी): अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर बराबरको इनाम दिने इरानी सेनाले आइतबार घोषणा गरेको छ । यदि यो कार्य कुनै महिलाले गरेमा इनाम दोब्बर हुने बताइएको छ ।

इरानी समाचार संस्था इर्नाले इरानी सेना प्रमुख अमिर हातमीलाई उद्धृत गरी लेखेको छ, “यो योजना ‘आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो सङ्ख्याको अनुरोध’ आएपछि तयार पारिएको इरनाले यो जानकारी दिएको हो।

मध्यपूर्व युद्धका क्रममा इरानमा अमेरिकी स्थल सेना तैनाथ भएको कुनै जानकारी छैन। अपवाद स्वरूप अप्रिलमा एउटा खसेको अमेरिकी पाइलटलाई उद्धार गर्न छोटो मिशन चलाइएको थियो।

हातमीले अमेरिकी सैनिक कहाँ र कहिले मार्ने वा पक्रने भन्ने कुनै विवरण भने दिनुभएको छैन ।

उहाँले भन्नुभयो, “आक्रमणकारी अमेरिकी सैन्य व्यक्तिलाई मार्ने वा पक्रेर बुझाउने जो कोहीले इस्लामी गणतन्त्र इरानको सेनाबाट ३० हजार डलर वा पाँच अर्ब तोमान बराबरको इनाम पाउनेछ।” तोमान १० हजार इरानी रियल बराबरको अनौपचारिक एकाइ हो।

उहाँले थप्नुभयो, “यस्तो काम गर्ने साहसी इरानी महिलाहरूले दोब्बर इनाम पाउनेछन्।”

तेहरान र वासिङ्टनबीचको युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो। त्यतिबेला अमेरिका र इजरायलले मिलेर इरानमा आक्रमण गरेका थिए। करिब ४० दिनको लडाइँपछि अप्रिलमा युद्धविराम भएको थियो। त्यसपछि जुनमा शान्ति वार्ताको रूपरेखा बने पनि पछि त्यो असफल भएको थियो ।

त्यसयता इरान र अमेरिकाले बेलाबेलामा एक अर्कालाई आक्रमण गर्दै आएका छन् । लडाइँ मुख्यतया दक्षिणी इरान र हर्मुज जलमार्ग वरपर केन्द्रित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार