श्रावण ३१, २०८३ आइतबार August 16, 2026

नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन

घाइतेहरुको तत्काल उचित उपचार व्यवस्था मिलाउन सरकारसँग माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३१ साउनः नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई उद्धार, पुनःस्थापना र राहतका कार्यमा अविलम्ब सहभागी हुन निर्देश गरेको छ ।

कांग्रेसले यसअघि नै आफ्नो नेतृत्वमा बनेको प्रदेश र स्थानीय सरकारलाई विपद्का घटनामा उद्धार, राहत र पुनःस्थापनाका लागि निर्देश गरिसकेको जनाएको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा यही साउन २४ गतेदेखि जारी बैठकले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा शनिबार राति अविरल वर्षापछि आएको पहिरोमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

बैठकले घाइतेहरुको तत्काल उचित उपचार व्यवस्था मिलाउन सरकारसँग माग गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले यस घटनामा परी घरबारविहीन भएका र सम्भावित थप पहिरोको जोखिमका कारण विस्थापित भएका ७० भन्दाबढी घरपरिवारको तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

यसैगरी बैठकले कालीकोटलगायत पहाडी जिल्लामा आएको पहिरोका कारण कयौँ परिवार घरबारविहीन भएको अवस्थामा विस्थापित नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापित गरी राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आजको बैठकमा १२ जनाले आ–आफ्नो धारणा राख्नुभएको थियो । छलफलको क्रम जारी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक आगामी भदौ १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

बैठकमा आज कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र उदयशम्शेर राणा, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, अर्जुनप्रसाद जोशी, डा चन्द्रकान्त भण्डारी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य र प्रेमबहादुर खड्काले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार