काठमाडौंः सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र डा.कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी हेर्दाहेर्दैमा राख्दै आएको छ ।
आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात् सर्वोच्चले फैसलाको प्रक्रिया थाल्ने समाचार प्राप्त भएको छ । विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो ।


प्रतिक्रिया