काठमाडौँ । तराई मधेस फास्ट ट्रयाक लगायतका विकासे आयोजनाले आफूहरुको बस्ती विस्थापित हुने भन्दै ललितपुरको खोकनाका बासिन्दाले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
पुल्चोक कुपण्डोलबाट सुरु भएको विरोध प्रदर्शन माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । नेवा सम्भता बचाउनका लागि आन्दोलन गरेको उनीहरुले बताएका छन् । विभेद र विस्थापनविरुद्ध आफूहरु सडकमा उत्रेको उनीहरुको भनाई छ ।
फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लगायतका योजनामा स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया