कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रेस युनियनको केन्द्रीय अनुशासन समितिले गरेको सबै कारबाही फिर्ता (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल प्रेस युनियनको केन्द्रीय अनुशासन समितिले गरेको सबै कारबाहीहरु र्फिता गरेको छ । नेपाल पत्रकार महासंघको निर्वाचनमा युनियनका सदस्यहरुले स्वतन्त्र रुपमा उम्मेद्धवारी दिएपछि अनुशासन समितिले कारबाही गरेको थियो ।

समितिका संयोजक एवं युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले एक बिज्ञप्ती जारी गदै यस अघि गरिएको अनुशासनको सवै कारबाही र्फिता गरिएको जनाएका छन् । महासंघको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्धवारी दिएर बिजयी भएकी केन्द्रीय सदस्य कृति भट्टराई र अपांगता तर्फका डिल प्रकाश गौतमलाई भने युनियनले कारबाही नगरी उनिहरु भन्दा बाहेकका ११ जनालाई ६ बर्ष सम्म साधारण सदस्य नरहने गरी कारबाही गरेको जनाएको थियो ।

युनियनको कारबाहीकै बिचमा बिकट जिल्ला कर्णालीका नन्दबहादुर एडीको ६ महिना अघि मात्र मृत्यु भएको थियो । दिर्घरोगबाट ग्रस्त एडीलाई युनियनले टिकट नदिएपछि बिकट जिल्ला कर्णालीबाट केन्द्रीय सदस्यको उम्मेद्धवारी दिएका थिए । एडीले बिरामी भएर अस्पताको बेडमा रहंदा सम्म युनियनले आफुलाई अन्याय गरेर कारबाही गरेको भन्दै फुकुवा गरिदिन आग्रह गरेको बताउने गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया