वैशाख २२, २०८१ शनिबार May 4, 2024

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राखेका प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। सो अवसरमा मन्त्री पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ दिए। संशोधनकर्ताका तर्फबाट छलफलमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले उक्त विधेयकको सराहना गरे ।

सांसद देवेन्द्र दाहालले विज्ञान र प्रविधिसँग जोडिएको विधेयक महत्वपूर्ण रहेको बताउँदै अन्तर्राष्ट्रिय जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा विकास गर्नुपर्नेलगायत केही संशोधन प्रस्ताव राखे ।

सांसद डा बेदुराम भुसालले ५४ संशोधनमध्ये समावेशी, छात्रवृत्ति, प्रत्यायोजित व्यवस्था कम गर्नुपर्नेलगायत २१ संशोधन आफूहरुको रहेको जानकारी दिए। सांसद सुरेश आलेले विश्वविद्यालय आउनु सराहनीय भएको भए पनि विचार उत्पादन गर्नेलगायत केही विषय परिमार्जन गर्नुपर्ने बताए ।

सांसद खिमलाल देवकोटाले मुलुकका ११ विश्वविद्यालयमा पाँचलाख ५६ हजार विद्यार्थी भएकामा त्यसको ८० प्रतिशत त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने गरेकाले शिक्षाको विकास गर्ने नाममा विश्वविद्यालय खोल्न प्रतिस्पर्धा गर्न नहुने बताए ।

सांसदहरु सुमित्रा विसी, तुलसाकुमारी दाहाल, भैरवसुन्दर श्रेष्ठ, गङ्गाकुमारी बेल्बासेलगायतले प्राविधिक शिक्षाको विकास हुने विश्वास व्यक्त गरे। यसअघि विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताइन् ।

उनले देशमा परनिर्भरता बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै स्वदेशी उत्पादन बढाउन आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताइन्। सांसद सोनम ग्याल्जेन शेर्पाले केन्द्रीकृत अधिकारलाई विकेन्द्रीकृत गरी गाउँको विकास गर्न सङ्घीयताको महत्व रहेकाले यसको खारेजी गर्न नहुने बताए ।

त्यस्तै सांसद नारायणदत्त मिश्र, मोहममद खालिदलगायतले देश विकासका लागि समाजवादी प्रजातन्त्रको खाँचो रहेको बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार