कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

आज पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना, सुदूरपश्चिम र प्रदेश १ मा भारी वर्षा हुनसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः हाल देशभर बदली रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ ।

 महाशाखाका अनुसार शुक्रबार पनि पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्छ । सोही राति गण्डकी, बागमती र प्रदेश १ मा भारी वर्षाको पनि सम्भावना रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया