असार २४, २०८२ मंगलबार July 8, 2025

गोल्छा र मुरारकाकाे साथ लिएर किशोर प्रधानद्वारा उम्मेदवारी घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। महासंघको जिल्लागत उपाध्यक्ष रहेका प्रधानले पूर्व अध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका, हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सहितको साथ लिएर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आज विराटनगरमा एक कार्यक्रममको आयोजना नै गरेर उम्मेदवारी घोषणा गरेका हुन्। चैत २८ गते महासंघको महाधिवेशनको हुँदै छ। त्यसको लागि चुनावी माहोल पनि बढ्दै गएको छ।

प्रधानले आफ्नो टोलीमा प्रभावशाली व्यावसायीहरुलाई समेत राखेका छन्। वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्लागत उपाध्यक्षमा दिनेश श्रेष्ठलाई साथमा राखेका छन्। अटो व्यवसायी अन्जन श्रेष्ठ नाडाको अध्यक्ष भैसकका छन्। उनी हाल महासंघको केन्द्रीय सदस्य रहेका छन्। त्यस्तै दिनेश श्रेष्ठ महासंघको वस्तुगत उपाध्यक्ष भैसकेका छन्। उनी हाल काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष हुन्।

चैतमा हुने महाधिवेशनको लागि चन्द्रप्रसाद ढकालले समेत वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरिसकेको छन्। उनले आफ्नो गृह जिल्ला बाग्लुङबाट उम्मेदवारी घोषणा गरेका थिए।

त्यस्तै प्रधानले पनि आफ्नो गृह जिल्ला मोरङबाटै उम्मेदवारी घोषणा गरेका हुन्। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार शेखर गोल्छा अध्यक्ष बन्दै छन्।

आजको उम्मेदवारी घोषणाले गोल्छाको साथ प्रधानलाई हुने भएको देखाएको छ। ढकाल पल्छिल्लो समय महासंघको राजनीतिक खेलाडीको उपमा पाएका चण्डिराज ढकालको पछि हिँडेकाले मुरारका तथा गोल्छा उनीबाट टाढिएको अनुमान छ।

महासंघको अघिल्लो अधिवेशनमा गोल्छा र प्रधान नै वरिष्ठ उपाध्यक्षमा भिडेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार