असोज १६, २०८३ शुक्रबार October 2, 2026

युट्युबको भिडिओ जुम गरेर हेर्न मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अब एन्ड्रोइड प्रयोगकर्ताले पनि युट्यबुका भिडिओहरू जुम गरेर हेर्न पाउने भएका छन् ।

गुगलले युट्युब प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने क्रममा यसपटक एन्ड्रोइडमा जुम फिचर सार्वजनिक गरेको हो ।

एन्ड्रोइडका प्रिमियम युट्युब प्रयाेगर्ताले हाल याे फिचर प्रयाेग गर्नसक्छन् । यसअन्तर्गत भिडिओको एक भाग नजिकबाट हेर्न जुम इन गर्नसक्ने फिचर दिइएको छ । प्रयोगकर्ताले लामो समयदेखि यो फिचरको माग राख्दै आएका थिए । अन्ततः एन्ड्रोइड प्रयोगकर्ताका लागि पिन्च-टु-जुम फिचर कम्पनीले ल्याएको छ ।

कम्पनीका अनुसार पिन्च-टु-जुम डेमोको लागि सेप्टेम्बर १ देखि उपलब्ध हुनेछ । त्यसपछि भने सबै प्रिमियम प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध हुने बताइएको छ । यो सुविधा अन्य प्रयोगकर्ताहरूलाई उपलब्ध गराइने छ कि छैन भन्नेबारे भने कुनै जानकारी दिइएकाे छैन ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया