असार २३, २०८२ सोमबार July 7, 2025

सर्वोच्चले निजगढ विमानस्थल सम्बन्धी दुई मुद्दा पूर्ण इजलासमा पठायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निजगढ विमानस्थलसम्बन्धी दुईवटै रिटलाई सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाएको छ ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मार रञ्जुहजुर पाँडेसमेतले दायर गरेको दुई अलग अलग रिटलाई एकै पटक सुनुवाई गर्न पूर्ण इजलासमा पठाएको हो ।

दुईवटै रिटमा आइतबार सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

निजगढमा वन क्षेत्र मासेर विमानस्थल बनाउँदा धेरै रुख काट्नुपर्ने, त्यसले जैविक विविधता, वन्यजन्तुको बासस्थान मासिने लगायतको कारण देखाउँदै उक्त विमानस्थल निर्माणको काम रोक्न माग गर्दैै सर्वोच्चमा रिट दायर भएको थियो ।

ती रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया