वैशाख १३, २०८१ बिहिबार April 25, 2024

कारागार विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक,२०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन गरेको प्रस्ताव स्वीकृत भएको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंहले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७÷०७८, राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन, २०७७÷०७८, महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ सभा समक्ष पेश गर्नुभयो ।

बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो  ।

बैठकमा सांसदहरुले बढ्दो महँगी न्यूनीकरण गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने, युवा तथा खेलकुद मन्त्रालयको बजेट बढोत्तरी गरी खेलाडीहरूलाई पेन्सनको व्यवस्था हुनुपर्ने, सहकारीबाट हुने, मिटरव्याजीबाट हुने ठगी लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी  सांसदहरुले मुक्त कमैया, हरुवा चरुवाको समस्या समाधान तत्काल गर्नुपर्ने,  महामारी फैलिन सक्ने भन्दै काठमाडौँको फोहोरको छिटो व्यवस्थापन गर्नुपर्ने, ज्येष्ठ नागरिकको हेरचाह स्थानीय सरकारले गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले ध्यान दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरु दुर्गा गुरुङ, दिल कुमारी रावल थापा ( पार्वती), खिमलाल देवकोटा, गङ्गा कुमारी बेल्वासे, गोमादेवी तिमल्सिना, भुवन बहादुर सुनार, सुमित्रा बिसी, विना पोखरेल, नरबहादुर विष्ट, तुलसा कुमारी दाहाल, रमेश जङ्ग रायमाझी लगायतले समसामयिक विषयमा सरकारको  ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक साउन २५ गते बुधवार दिनको १ः०० बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया