श्रावण २६, २०८३ मंगलबार August 11, 2026

क्रेडिट कार्ड प्रयोगकर्ताले भुलेर पनि गर्न नहुने ४ गल्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वित्तीय क्षेत्रको विस्तारसँगै क्रेडिड कार्डको प्रयोग बढ्दो क्रममा छ। कोरोना महामारीको गर्दा भर्चुअल कारोबार र अनलाइन सपिङ्गले यसको बजार थप बढाएको छ। यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्दा फाइदा हुन्छ। तर, क्रेडिट कार्डको गैरजिम्मेवार प्रयोगले तपाईंलाई ऋणको जालमा फसाउन सक्छ।

क्रेडिट कार्डहरू धेरै सुविधाजनक हुनुका साथसाथै यसको गलत तरिकाको प्रयोगले नोक्सानी पनि निम्त्याउन सक्छन्। क्रेडिट कार्ड प्रभावकारी रूपमा प्रयोग गर्न चाहनु हुन्छ भने यी ४ मुख्य गल्तीहरु कहिले गर्नु हुँदैन।

१. न्यूनतम बाँकी रकम मात्र भुक्तान गर्दै

जब कार्डधनीहरूले न्यूनतम बाँकी रकम मात्र तिर्छन्, उनीहरूले ढिलो भुक्तानी शुल्कहरू तिर्न आवश्यक पर्दैन। मिनिमम अमाउंट ड्यू (न्यूनतम रकम बाँकी) प्रयोगकर्ताहरूको बाँकी बिलको सानो अंश (सामान्यतया ५ प्रतिशत) हो। यद्यपि, यसले तपाइँको ऋण छिटो बढ्न सक्छ किनकि दैनिक आधारमा भुक्तान नगरिएको रकममा थप चार्जहरू लगाइन्छ। क्रेडिट कार्डमा फाइनान्स चार्जहरू सामान्यतया वार्षिक ४० प्रतिशतभन्दा बढी हुने गरेको उल्लेख छ।

२. एटीएमबाट नगद निकाल्ने

क्रेडिट कार्ड मार्फत एटीएमबाट नगद झिक्नबाट सँधै जोगिनु पर्छ। वास्तवमा, क्रेडिट कार्डबाट नगद निकाल्नको लागि क्रेडिट अवधि उपलब्ध गराएको हुँदैन्। तपाईँको कार्डमा लाग्ने व्याजदर तपाईले एटीएमबाट पैसा निकालेको दिनबाट नै लागू हुन सुरु हुन्छ।

३. पूर्ण क्रेडिट सीमा प्रयोग गर्दै

पूर्ण क्रेडिट कार्ड सीमा कहिले पनि प्रयोग नगर्नुहोस्। यसले तपाईंको क्रेडिट स्कोरलाई असर गर्छ। सामान्यतया, क्रेडिट कार्ड कम्पनीहरूले ४० प्रतिशत भन्दा माथिको क्रेडिट उपयोग अनुपातलाई ऋणको संकेत मान्छन्। वास्तवमा, क्रेडिट उपयोग अनुपात (सीयूआर) ले क्रेडिट स्कोरमा ठूलो प्रभाव पार्छ। तपाइँको क्रेडिट उपयोग अनुपात तपाइँ आफ्नो क्रेडिट कार्ड कति प्रयोग गर्नुहुन्छ भन्नेमा निर्भर गर्दछ।

४. ब्याज मुक्त अवधिअनुसार योजना नबनाउनु

ब्याज मुक्त अवधि अर्थात इन्टरेस्ट फ्री पीरियड सामान्यतया १८ देखि ५५ दिनको हुने गर्दछ। यस अवधिमा गरिएको क्रेडिट कार्ड कारोबारमा कुनै शुल्क लाग्दैन जबसम्म तपाईंले समयमै बक्यौता बुझाउनुहुन्छ। तपाईंले अधिकतम लाभको लागि ब्याज मुक्त अवधि अनुसार आफ्नो खरिद योजना गर्नुपर्छ। तपाईंले आफ्नो बिलिङ चक्रको सुरुमा ठूला खरिदहरू गर्नुपर्छ। यस अवस्थामा तपाईले रकम चुक्ता गर्न थप ब्याजमुक्त दिनहरू पाउन सक्नुहुन्छ। टेक्नोलोजी खबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
२०८३ श्रावण २६, मंगलबार