श्रावण २७, २०८३ बुधबार August 12, 2026

अब इन्टरनेट प्याकेजमा टिभी तथा राउटर निःशुल्क नपाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  इन्टरनेट सेवा प्रदायकले अब इन्टरनेट प्याकेजमा टिभी तथा राउटर निःशुल्क उपलब्ध गराउन नपाउने भएका छन् ।

इन्टरनेट प्याकेजमा राउटर तथा टिभी निःशुल्क उपलब्ध गराउनु सेवा प्रदायकको अनुमति शर्तको मर्म विपरीत भएको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

हाल सेवा प्रदायकले इन्टरनेट जडान गर्ने ग्राहकलाई एउटै प्याकेजमा निःशुल्क राउटर र टिभी उपलब्ध गराउँदै आएका छन् । यसरी निःशुल्क भनेर उल्लेख गर्दा सेवा प्रदायकले राउटर तथा टिभीको लागत नछुट्टयाएर गैरकानूनी कार्य गरेको नियामकको ठहर छ ।

‘विद्यमान अवस्थामा इन्टरनेट सेवाको मूल्य र टिभी सेवा लगायतको अप्टिकल नेटवर्क युनिट (ओएनयू) तथा राउटर समेतको एकमुष्ट प्याकेज बनाएर केही सेवा निःशुल्क समेत प्रदान गर्नेगरी बण्डलिङ गर्नु गैरकानूनी हो,’ प्राधिकरणले बुधबार सेवा प्रदायकलाई दिएको निर्देशनमा भनिएको छ, ‘यसरी बण्डलिङ गर्नु ‘क्रस सब्सिडी’ गर्न नहुने भन्ने अनुमति शर्तको मर्म विपरीत हुने भएकाले तत्कालै बन्द गर्ने ।’

यसका साथै प्राधिकरणले इन्टरनेट र टिभी सेवा संयुक्त रुपमा सञ्चालन तथा बिक्री गरेको पाइएको र कुनै सेवा प्रदायकले दुवै सेवा संयुक्त रुपमा सञ्चालन गरिरहेको भए ग्राहकसँग शुल्क लिँदा छुट्टाछुट्टै बिजक जारी गर्नसमेत निर्देशन दिएको छ ।

यसको अर्थ अब सेवा प्रदायकले ग्राहकलाई दिने बिलमा टिभीको शुल्क र इन्टरनेटको शुल्क तोक्नुपर्ने भएको छ ।‘सेवा प्रदायकले इन्टरनेट सेवा सञ्चालन तथा बिक्री गर्ने क्रममा बिजक जारी गर्दा अनुमतिपत्रको शर्त बमोजिम सम्बन्धित प्याकेज तथा सेवाको प्राधिकरणबाट स्वीकृत भएको महसुल दरको मासिक मूल्य लगायत अन्य सेवाको रुपमा खुल्नेगरी इन्टरनेट सेवाको शुल्क, मर्मत सम्भार शुल्क, जडान शुल्क, राउटर शुल्क लगायत अन्य सेवाको ग्राहकसँग लिन शुल्कको छुट्टाछुट्टै बिजक जारी गर्ने,’ प्राधिकरणको उक्त पत्रमा भनिएको छ ।

यसको उद्देश्य बजारमा सेवा प्रदायकबीच बढ्दो ‘प्राइस वार’लाई नियन्त्रण गर्नु रहेको प्राधिकरणले जनाएको छ । यसअन्तर्गत सेवा प्रदायकले कुन सेवाको मूल्य कति हो भनेर जानकारी दिनुपर्ने छ । अब ग्राहकले पनि कुन सेवाको मूल्य कति भनेर थाहा पाउनेछन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार