भाद्र १, २०८३ सोमबार August 17, 2026

प्रतिनिधिसभा बैठक : सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९ बहुमतले पारित भएको छ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९ लाई पारित गरियोस् भनि संसद्‌मा प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावलाई निर्णयार्थ पेस गरिएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकलाई ध्वनि मतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका हुन्।

यसअघि बैठकले २९ साउनमा गणपुरक संख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी सार्वजनिक ऋण विधेयक २०७६ को अर्थसमितिको प्रतिवेदनको क्रम संख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरु स्वीकृत गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया