असार २४, २०८२ मंगलबार July 8, 2025

सेयरबजार कारोबार मापन गर्ने नेप्से सूचकमा वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेयरबजार कारोबार मापन गर्ने नेप्से सूचक आज ५.२४ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक बढेर कारोबार अवधिमा १४०५.२५ विन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि शून्य दशमलव ९९ अंकले बढेको नेप्सेले जनाएको छ। आज कुल १ सय ७७ कम्पनीको ३४ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा १५ हजार ५३ पटकको खरिदबिक्रीपछि १ अर्ब ६२ करोडको कुल कारोबार भएको छ।

बजारमा आज १२ समूहका कम्पनीले कारोबार गरेकामा म्युचुअल फन्ड, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल र बैंकिङ समूहको सूचक ओरालो लागेका छन्। आज सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ। कम्पनीको १४ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको पनि १२ करोडे ८९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। त्यस्तै तेस्रो धेरै कारोबार भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गरेको छ। कम्पनीको कुल ६ करोड ६१ लाखको कारोबार भएको हो। एनआईसी एसियाको ५ करोढ ९९ लाखको र सानाकिसान विकास बैंकको ५ करोड ९९ लाखको सेयर कारोबार भएको छ।

कमाउने उच्च पाँच कम्पनीमा आशा लघुवित्त अगाडि छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा सेयरधनीले प्रतिकित्ता ७८ रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि आज १० प्रतिशतले सेयर बढेको छ। कम्पनीका सेयरधनीले ९३ रुपैयाँ आर्जन गरेका छन्। त्यसपछि कमाउने सेयरधनी बोटलर्स नेपालका छन्। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा प्रतिकित्ता आम्दानी ७ सय २ रुपैयाँ रहेको छ। त्यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको पनि आज सेयर ९.९० प्रतिशतले वृद्धि हुँदा सेयरधनीले प्रतिकित्ता ७६ रुपैयाँ आम्दानी गरेका छन्। धेरै कमाउने पाँचौँ कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था रहेको छ। कम्पनीको सेयर ९.६४ प्रतिशतले बढ्दा १ सय ९ रुपैयाँ प्रतिकित्ता आम्दानी भएको छ।

गुमाउने पाँच कम्पनीमा मल्टिपर्पोज फाइनान्स अगाडि छ। कम्पनीको सेयर ९.५६ प्रतिशतले ओरालो लाग्दा सेयरधनीले १३ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको पनि ३.५७ प्रतिशतले सेयर घटेको छ। बाँकी कम्पनीले २ प्रतिशत हाराहारीमा गुमाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार