बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

७० करोड कमिसन मागेको अडियोबारे यसाे भन्छन् सञ्चारमन्त्री बाँस्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप अनलाइनहरूमा भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्विस कम्पनीसँग सुरुमा कुरा भए पनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्विस कम्पनीका नेपाल एजेन्टले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन्।

त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ।

हाल कञ्चनपुर भ्रमणमा रहेका बाँस्कोटाले बिहीबार बिहान बेलडाँडी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा भने, ‘मेरो बारेमा चर्चा चलेको छ, काठमाडौं पुगेपछि यसबारे म आफ्नो विस्तृत कुरा राख्छु।’

त्यस अडियोमा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिनस मागेको दाबी गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया