काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’ नामका दुईवटा रोबोट भित्रिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले विमानस्थलको कामलाई अझै सहज बनाउन रोबोटबाट काम सुरु गरेको जानकारी दिएका छन।
‘कामलाई अझ सहज साथै सूचनामैत्री बनाउन नेपाली, अंग्रेजी र चाइनिज भाषा बोल्नसक्ने ‘पर्यटन परी’ले यहाँहरुलाई सहयोग गर्नेछन्’, मन्त्री भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘यी रोबोट नेपाली प्राविधिकले नेपालमा नै तयार गरेका हुन्। यसबाट त्रिभुवन विमानस्थल थप आधुनिक र प्रविधिमैत्री बन्नपुगेको छ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया