श्रावण २७, २०८३ बुधबार August 12, 2026

मोटोरोलाले आउँदो सेप्टेम्बरमा तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यही अगस्टमा मोटोरोलाले आफ्ना नयाँ स्मार्टफोन एज २०२२ सार्वजनिक गरेको थियो । डाइमेन्सिटी १०५० एसओसीमा आधारित यो नै विश्वको पहिलो स्मार्टफोन थियो ।

एज सिरिज अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गरेको एक महिना नबित्दै कम्पनीले अर्को स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले ट्रिजर सार्वजनिक गर्दै आउँदो सेप्टेम्बर ८ मा एज सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा ल्याउने जनाएको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ भिडियो ट्रिजर अनुसार उक्त दिन एकै पटक तीन नयाँ स्मार्टफोन सार्वजनिक हुनेछ ।

कम्पनीले तीन ओटा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने निर्णय गरेको भएपनि उक्त फोनको नाम भने उल्लेख गरिएको छैन् । तर, उक्त कार्यक्रममार्फत हाल चिनियाँ बजारमा उपलब्ध मोटा एक्स३० प्रो र मोटो एस३० प्रोको परिष्कृत भर्सनलाई ‘एज’ का रुपमा विश्व बजारमा उपलब्ध गराउने अनुमान गरिएको छ ।

त्यसमध्ये एक्स ३० प्रो स्न्यापड्रयागन  ८प्लस जेन १ एसओसीमा आधारित रहेको छ । भने, फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । ४६१० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा १२५ वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार