काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरण एकाएक बाहिरिएपछि स्विटजरल्यान्डको दूतावासले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ।
दूतावासले चर्चामा आएजस्तो सञ्चारमन्त्रीसँग कुनै भेटघाटका लागि अनुरोध पनि नगरिएको निकट भविष्यमा मन्त्रीसँग कुनै बैठक तय पनि नभएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीको नेपालस्थित स्थानीय एजेन्ट भनिएका व्यक्तिसँग पनि कुनै पनि प्रकारबाट संलग्न पनि नभएको र त्यसबारे जानकारी पनि छैन।’
उक्त प्रेस खरिदबारे स्विस कम्पनीको स्थानीय एजेन्ट विजय प्रकाश मिश्र र सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाबीचको कमिसन वार्ता सार्वजनिक भएपनि दूतावासले विज्ञप्ति निकालेको हो। सोही प्रकरणबारे कुरा गर्न स्विस दूतावासको प्रतिनिधिले मन्त्रालय आएर मन्त्रीसँग भेट्नलागेको कुरा समेत आएपछि दूतावासले विज्ञप्तिबाट अस्वीकार गरेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया