बैसाख १६, २०८३ बुधबार April 29, 2026

पूर्वी चीनको कारागारमा फैलियो कोरोना, दुई सय कैदीमा संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्वी चीनको सेन्डङ प्रान्तस्थित एक कारागारका दुई सय कैदीमा कोरोनाभाइरस संक्रमण देखिएको छ।

सेन्डङ प्रान्तीय सरकारका अनुसार स्थानीय रेन्चेङ कारागारमा रहेका २ हजार ७७ कैदीको नमुना परीक्षण गरिएकामा २ सय जनामा कोरोनाभाइरस संक्रमण पाइएको हो।

साथै ७ जना कारागार सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ।

सुरुमा त्यहाँका गार्डमा खोकी लाग्ने लगायत लक्षण देखिएका थिए। त्यसपछि सबैको परीक्षण गर्दा उल्लिखित संख्याका कैदी तथा जेलरमा कोरोना संक्रमण देखिएको समाचारमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया