असार १०, २०८३ बुधबार June 24, 2026

युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी

रोपेली युनियन (ईयू) का अधिकारीलाई रूसी क्षेत्र प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, वैशाख १५ गते । रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको  नविन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन (ईयू) का अधिकारीलाई रूसी क्षेत्र प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

युक्रेनलाई सैन्य सहायता दिने निर्णयमा संलग्न युरोपेली संस्था र ईयू सदस्य राष्ट्रका प्रतिनिधिको प्रवेशमा मस्कोले प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । मन्त्रालयले ईयूको प्रतिवन्द नविकरण निर्णयको प्रतिक्रियामा, रूसी पक्षले ईयूसँग सम्बन्धित संस्था, ईयूका सदस्य राष्ट्र, र धेरै युरोपेली प्रतिनिधिसहितको प्रतिवन्द सूची विस्तार गरेको जनाएको छ ।

यसै गरी प्रतिवन्द सूचीमा युरोपेली युनियन सँगको समन्वय तथा युक्रेनलाई सैन्य सहयोग गर्ने निर्णयमा संलग्न अन्य धेरै युरोपेली देशका प्रतिनिधिलाई समावेश गरी विज्ञप्ति जारी गरिएको जनाइएको छ । यस अघि अप्रिल २३ मा ईयूले रूसविरुद्ध २० औं प्रतिबन्धको नविकरण गरेको थियो । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया