कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

पल शाहको नवलपुर अदालतको पेशी स्थगित – अर्को पेशी भदौ १५ गतेलाई तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दाको पेसी स्थगित भएको छ। आरोपित शाह जिल्ला अदालत नवलपुरमा उपस्थित नभएपछि उनका कानुन व्यवसायी टङ्क बस्यालको अनुरोधमा बुधबारको पेशी स्थगित भएको हो।

बुधबार पलको पेशी नवलपुर जिल्ला अदालतको १ नम्बर इजालशमा तोकिएको थियो। अर्को पेशी पछि तोकिने जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए।

बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेशी तनहुँमा भने भदौ १५ गतेलाई तोकिएको छ। शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतबाट शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्नेछ।

गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यसको चार दिन पछि शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।

आरोपित शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए। तर, उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार