काठमाडौं । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहानैदेखि उडान अवतरण प्रभावित बनेको छ ।
नेपाली सेना दिवसको अवसरमा भीभीआइपी हवाई प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, मौसमका कारण समस्या भएको जनाइएको छ ।
विमानस्थलका एक अधिकारीका अनुसार, अहिले भिजिविलिटी कम भएकाले उडान प्रभावित भएको हो । ‘उडानका लागि आवश्यक भिजिविलिटी २५ सय हो । अब ५ सय भयो भने उडान सुरु हुन्छ ।’
अहिले अन्तर्राष्ट्रिय उडानहरु पनि होल्डमा रहेको उनले बताएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया