काठमाडौं । नेपालमा सुनको भाउ ८० हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको छ। छापावाल सुनमात्र हैन, तेजाबी सुन पनि आज ८० हजार रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको भाउ पनि आज ९ सय २५ रुपैयाँ प्रतितोला पुगेको छ।
आज भएको सुनको कारोबार इतिहासकै बढी मूल्यको भएको महासंघले जनाएको छ।
अघिल्लो दिन आइतबार छापावाल सुन ७८ हजार ८ सय र तेजाबी सुन ७८ हजार ५ सय रुपैयाँ तथा चाँदी ९ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
यसअघि शुक्रबार क्रमशः सुन र चाँदीको भाउ ७८ हजार १ सय, ७७ हजार ८ सय र ९ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया