श्रावण ११, २०८१ शुक्रबार July 26, 2024

यस्ता छन् सरकारका पाँच महिने उपलब्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको पाँच महिनाको कार्यप्रगती सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रगती विवरणमा यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अत्इ लगायतका विषय समेटिएको छ ।

यस्तै दुई दुई छिमेकी मुलुसँगको सम्बन्धमा नयाँ उचाई प्राप्त गरेको देखि तस्करीको जालो तोड्न सफल भएको समेत प्रगती विवतरण उल्लेख गरिएको छ । फागुन ३ गते ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

उहा प्रधानमन्त्री नियुक्त हुनुभएको पाँच महिना पुरा भएको छ । कांग्रेससहितका प्रतिपक्षी दलहरुले सरकारले पाँच महिनाको अवधिमा उपलब्धिमुलक काम गर्न नसकेको आरोप लागिरहेका बेला सरकारले भने पाँच महिनामा सोचेको भन्दा धेरै उपलब्धि हासिल गरेको दावी गरेको छ ।

कार्यालयले उपलब्धिको रुपमा यातायातमा लामो समयदेखि रहेको सिण्डिकेट अन्त्य गरेको विषयमा महत्वपुर्ण उपलब्धिका रुपमा लिएको छ । सरकारले मुलुकभरका यातायात व्यवसायमा देखिएको सिण्डिकेट अन्त्य भएको घोषणा गर्दै सबै समितिहरु खारेज गरेको थियो ।

समिति खारेजसँगै उनीहरुको बैंक खाता समेत रोक्का गरेको थियो,तर पछिल्लो समय यातयात मन्त्रीले सिण्डिकेट अन्त्यको समय थप गर्दै पुस मसान्तसम्म कम्पनी दर्ताको समय दिनुभएको छ ।

यस्तै सरकारले तस्करहरुको जालो समात्न सफल भएको दावी गरेको छ । ३३ किलो सुन तस्करीमा संलग्न अधिकांश तस्करहरु पक्राउ गरि उनीहरुको उद्योग व्यवसायमा समेत शिल गर्दै छानविनको दायरमा ल्याएको जनाएको छ ।

यस्तै सरकारले आफ्नो महत्वपुर्ण उपलब्धिमा प्रधानमन्त्रीको दुई छिमेकी मुलुकको भ्रमणबाट मित्रराष्ट्रहरुसँगको सम्बन्धमा थप उचाई प्राप्त गरेको पनि उल्लेख गरेको छ ।

यस्तै वैदेशिक रोजगारीका विषयमा पनि सरकारले उलेख्य काम गरेको, सरकारी कार्यालयमा हुने खर्च कटौती गर्दै मितव्ययिता कायम गरिएको, जनसरोकारका विषयमा सरकार गम्भीर रुपले प्रस्तुत भएको लगायतका विषयलाई समेटेर आफ्नो उपलब्धि सार्वननिक गरेको छ ।

सरकारले देखावटी रुपमा उपलब्धिका रुपमा यस्ता कामहरु देखाएपनि जनसरोकाका अन्य विषयमा भने सरकार सुस्त देखिएको राजनीतिक विश्लेषहरुको धारणा आइरहेका बेला सरकारले भने आफ्नो गन्तव्यमा पुग्न सफल हुँदै गएको जनाएको छ । सरकारले यस्ता विषयमा उपलब्धी सार्वजनिक गरेको भएपनि सरकारले गरेका केही कामको बारेमा भने चौतर्फी आलोचना भएको थियो ।

माईतीघर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा,गोविन्द केसीको आन्दोलनमा सरकार गम्भीर नभएको,संसदमा लोकतान्त्रिक चरित्र देखाउन नसकेको,मंहगी नियन्त्रण गर्न असफल भएको, स्थानीय तहमा मनलाग्दी रुपमा कर वृद्धि गरेको लगायतका विषयमा सरकारको कडा आलोचना गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको थियो । कांग्रेसले सरकारले पहिलो चरणका आन्दोलन पुरा गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार