असार २४, २०८२ मंगलबार July 8, 2025

बेमौसमी वर्षाले १५ करोडको इँटा नोक्सान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तीन दिनदेखि परेको वर्षाको कारण चितवनका इँटा उद्योगमा १५ करोड बराबरको क्षति भएको छ।

यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो।

इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्षाका कारण इँटा कामै नलाग्ने गरी क्षति भएको हो।

वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित १५ करोड बराबरको क्षति भएको उनले बताएका छन।

अहिलेको वर्षाको कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका उनको भनाई छ। चितवनमा १८ वटा इँटा उद्योग सञ्चालनमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया