श्रावण १४, २०८३ बिहिबार July 30, 2026

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उच्च स्तरिय समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले नेपाललाई नोवेल कोरोना भाइरस अर्थात कोभिड–१९ को उच्च जोखिमको सूचीमा राखे लगत्तै यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च स्तरिय समिति गठन गरेको छ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा बसेको बैठकले संक्रमण नियन्त्रणका लागि आवश्यक कदम चाल्न उच्च स्तरिय समिति गठन गर्ने निर्णय गरेको हो।

सरकारले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरी कोरोना नियन्त्रणका लागि सबै काम गर्ने निर्णय गरेको छ।

कोरोना नियन्त्रणका लागि उच्च स्तरिय समिति गठन गरिएको बैठकमा भएको निर्णयलाई प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।

बैठकका निर्णयहरु

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको स्वास्थ्य जाँच।

– प्रभावित क्षेत्रबाट आउने कुनै पनि व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने।

– नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय ‘क्याम्पियन’ स्थगित गर्नुका साथै नेपालमा हुने सम्मेलनहरुका बारेमा सरकारलाई अनिवार्य जानकारी गरिनुपर्ने।

– संक्रमण फैलिएका देशहरुबाट एयर लिफ्ट गरेर ल्याउन सम्भव नहुने।

– उडान स्थगित गर्ने नगर्ने बारेमा एक–दुई दिनभित्र निर्णय हुने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार