श्रावण २५, २०८३ सोमबार August 10, 2026

मुगुमा १६ वर्षीया बालिकाकाे सामुहिक बलात्कार 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मुगुमा १६ बर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामुहिक बलात्कार गरेकाे आराेप छ ।

पीडितकाे उजुरीका अधारमा बलात्कार आराेपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेकाे छ ।

एक आराेपी  १३ वर्षीय बालकलाई भने कानुनअनुसार संरक्षककाे जिम्मामा छाडेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।  उनका अनुसार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि बिस्तृत अनुसन्धान भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया