कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

अजय देवगण र सिद्धार्थ मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई धेरै दर्शकले मन पनि पराइरहेका छन् । ट्रेलरमा राखिएको केही दृश्यका कारण अर्को पक्षले भने उजुरी दिएको छ ।

ट्रोल आर्मी नामक सञ्जाल प्रयोगकर्ता समूहले फिल्म बहिस्कारको माग गरेको छ । उनीहरूले ट्रेलरमा भगवानको अपमान गरिएको दाबी गरेका छन् । यहीबीच अजय, सिद्धार्थ र फिल्मका निर्देशक इन्दर कुमारविरुद्ध मुद्दा दर्ता गरिएको छ । यी तीनजनामाथि धार्मिक भावनामा ठोस पु¥याएको आरोप लगाइएको छ ।

वकिल हिमांशु श्रीवास्तवले उत्तर प्रदेशको जोनपुरको एक अदालतमा मुद्दा दर्ता गराएका छन् । यो मामिलामा हिमांशुको बयान १८ नोभेम्बरमा रेकर्ड गरिएको छ ।

ट्रेलरमा अजय चित्रगुप्त बनेका छन् । जो पाप र पुण्यको हिसाब गर्छन् । ट्रेलरमा उनलाई निकै छोटो कपडामा देखाइएको छ । यही दृश्यमा सामाजिक सञ्जाल प्रयोगकर्ता रिसाएका छन् ।

उजुरीमा अजयले आपत्तिजनक भाषाको प्रयोग गरिएको दाबी गरिएको छ । ‘चित्रगुप्तलाई कर्मको देवता मानिन्छ र उसले मानिसको राम्रो र नराम्रो कर्मको हिसाब गर्छन् । तर ट्रेलरमा देखाइएको चित्रगुप्तले धार्मिक भावनामा चोट पु¥याएको जनाइएको छ । यो फिल्म २४ अक्टोबरमा रिलिज हुँदैछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार