कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गीतकार युवराज भण्डारीको ‘तिम्रो आँखामा’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गीतकार युवराज भण्डारीको शब्द रचनामा एउटा सुमधुर प्रेम गीत सार्वजनिक भएको छ । गायक प्रविण बेडवाल तथा गायिका रचना रिमालको स्वर रहेको ‘तिम्रो आँखामा’ बोलको युगल गीतलाई राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका संगीत संयोजक हुन् ।

काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । वाई बी कृयसनले सार्वजनिक गरेको यस गीतको भिडियोमा गायक, गायिका तथा वाधवादकहरूको अभिनय देख्न सकिन्छ । बिनोद बमको निर्देशन तथा सम्पादन रहेको भिडियो केशव अधिकारीले छायांकन गरेका हुन् ।

गीत, गजल र अन्य विधामा तिन दशकदेखि सक्रिय डुम्रीबेँसी, तनहुँ निवासी युवराज भण्डारी हाल क्यानाडा छन् । भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने उनको शब्द तथा संगीतमा केही गीतहरू रेकर्ड भइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार