असोज १७, २०८० बुधबार October 4, 2023

फेसबुकमा भएका सबै साथीलाई एकैपटक मेन्सन गर्नुपऱ्यो ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामाजिक सञ्जालको माध्यम फेसबुक हाम्रो दैनिकी बनेको छ । प्रयोगकर्तालाई आकर्षण गर्न यसमा हरेक दिन जसो नयाँ-नयाँ फिचरहरू आइरहेका हुन्छन् । कतिपय फिचरका बारेमा हामी जानकार हुन्छौँ भने कतिपय फिचरका बारेमा हामीलाई कुनै जानकारी नै हुँदैन ।

यस्ता सामाजिक सञ्जालका माध्यममा आउने कतिपय फिचरहरु हामीलाई निकै नै काम लाग्ने हुन्छन् जसलाई हामीले वास्ता नगरेको पनि हुनसक्छ । त्यस्तै फेसबुकले पछिल्लो समय आफ्नो फ्रेन्डलिस्टमा भएका हरेक व्यक्तिलाई मेन्सन गर्न सकिने फिचर सार्वजनिक गरेको छ । यसका माध्यमबाट कुनै पनि पोस्टमा आफ्नो फ्रेन्डलिस्टमा भएका हरेक व्यक्तिलाई एकै पटक मेन्सन गर्न सकिन्छ ।

कुनै पनि महत्तवपूर्ण पोस्टमा आफ्ना सबै साथीहरूलाई एकै पटक मेन्सन गर्नु छ भने यो फिचरको प्रयोग गर्न सकिन्छ ।

त्यसका लागि फेसबुकमा भएको कुनै पनि पोस्टमा जानुहोस् । त्यसपछि कमेन्टमा @friends टाइप गरेर कमेन्ट गर्नुहोस्। @friends टाइप गरिसकेपछि सबैभन्दा माथि आको अप्सन क्लिक गर्नुहोस् । यसो गर्नु भयो भने तपाईंको अकाउन्टमा साथी भएका हरेक व्यक्तिलाई मेन्सन गरेको नोटिफिकेसन जान्छ ।

कसैलाई सहयोग अपील गर्नका लागि वा कुनै पनि फेसबुक पोस्ट बुस्ट (धेरै प्रयोगकर्ता माझ पुर्याउनु) गर्नु छ भने यो फिचर प्रयोग गर्न सकिन्छ । यद्यपि कुनै बिना काममा यसरी कसैलाई मेन्सन गर्दा भने नोटिफिकेशन प्राप्त गर्ने व्यक्तिलाई असहजता हुनसक्छ । यसैले आवश्यक परेको समयमा मात्र यो फिचर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यो फिचर फेसबुक एप अथवा मोबाइलबाट मात्र प्रयोग गर्न सकिन्छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार