श्रावण २८, २०८३ बिहिबार August 13, 2026

फेसबुकमा भएका सबै साथीलाई एकैपटक मेन्सन गर्नुपऱ्यो ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामाजिक सञ्जालको माध्यम फेसबुक हाम्रो दैनिकी बनेको छ । प्रयोगकर्तालाई आकर्षण गर्न यसमा हरेक दिन जसो नयाँ-नयाँ फिचरहरू आइरहेका हुन्छन् । कतिपय फिचरका बारेमा हामी जानकार हुन्छौँ भने कतिपय फिचरका बारेमा हामीलाई कुनै जानकारी नै हुँदैन ।

यस्ता सामाजिक सञ्जालका माध्यममा आउने कतिपय फिचरहरु हामीलाई निकै नै काम लाग्ने हुन्छन् जसलाई हामीले वास्ता नगरेको पनि हुनसक्छ । त्यस्तै फेसबुकले पछिल्लो समय आफ्नो फ्रेन्डलिस्टमा भएका हरेक व्यक्तिलाई मेन्सन गर्न सकिने फिचर सार्वजनिक गरेको छ । यसका माध्यमबाट कुनै पनि पोस्टमा आफ्नो फ्रेन्डलिस्टमा भएका हरेक व्यक्तिलाई एकै पटक मेन्सन गर्न सकिन्छ ।

कुनै पनि महत्तवपूर्ण पोस्टमा आफ्ना सबै साथीहरूलाई एकै पटक मेन्सन गर्नु छ भने यो फिचरको प्रयोग गर्न सकिन्छ ।

त्यसका लागि फेसबुकमा भएको कुनै पनि पोस्टमा जानुहोस् । त्यसपछि कमेन्टमा @friends टाइप गरेर कमेन्ट गर्नुहोस्। @friends टाइप गरिसकेपछि सबैभन्दा माथि आको अप्सन क्लिक गर्नुहोस् । यसो गर्नु भयो भने तपाईंको अकाउन्टमा साथी भएका हरेक व्यक्तिलाई मेन्सन गरेको नोटिफिकेसन जान्छ ।

कसैलाई सहयोग अपील गर्नका लागि वा कुनै पनि फेसबुक पोस्ट बुस्ट (धेरै प्रयोगकर्ता माझ पुर्याउनु) गर्नु छ भने यो फिचर प्रयोग गर्न सकिन्छ । यद्यपि कुनै बिना काममा यसरी कसैलाई मेन्सन गर्दा भने नोटिफिकेशन प्राप्त गर्ने व्यक्तिलाई असहजता हुनसक्छ । यसैले आवश्यक परेको समयमा मात्र यो फिचर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यो फिचर फेसबुक एप अथवा मोबाइलबाट मात्र प्रयोग गर्न सकिन्छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार