असोज १७, २०८० बुधबार October 4, 2023

खल्ती एप्सले पायो आईएसओ २७००१:२०१३ मान्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डिजिटल वालेट खल्ती आईएसओ २७०००१:२०१३ बाट प्रमाणीकरण भएको छ ।

उच्च गुणस्तरको सेवा उपलब्ध गराए बापत इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम विधामा आईएसओ २७००१:२०१३ बाट प्रमाणपत्र पाएको कम्पनीले जनाएको छ ।

यस किसिमको प्रमाणीकरणले खल्तीको दायरा अन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तानी गर्ने ग्राहकका हरेक डेटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुरा थप प्रमाणित भएको खल्तीका प्रमुख प्रविधि अधिकृत धुर्ब अधिकारीले बताए ।

“कम्पनीले प्रयोगकर्ताको डेटा सुरक्षा, सर्भिस कन्ट्युनिटी प्लान, त्यसमा हुन सक्ने जोखिम व्यवस्थापन कसरी गरिरहेको छ भन्ने कुरालाई आधार बनाई मानकीकरणका लागि अन्तर्राष्ट्रिय संगठन (आईएसओ – International Organization For standardization) ले मान्यता दिएको छ,” उनले भने, “उक्त संगठनले आईएसओ प्रमाणीकरण हुन विभिन्न मापदण्ड तोकेको हुन्छ । ति सबै कुरालाई पूरा गरी प्रमाणीकरण पाउन हामीलाई एक वर्ष लाग्यो ।”

राष्ट्र बैंकको नियमनमा डिजिटल भुक्तानी प्रदायक आईएसओ प्रमाणीकरण भएको हुनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । आईएसओ २७००१:२०१३ बाट प्रमाणीकरण पाउँदा कम्पनीले डेटा सुरक्षालाई कसरी सम्बोधन गरेको छ भन्ने कुरा प्रमाणित भएको उनले बताए। टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार