चैत्र १७, २०८० शनिबार March 30, 2024

डेंगु सङ्क्रमणबाट गायिका सुष्मिता राईकाे उपचारका क्रममा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाइभ भिडियोमार्फत निको हुन प्रार्थना गरिदिन आग्रह गरेको केही घन्टापछि सुष्मिताको निधन भएको हो । उनको निधनपछि नौ महिनाको बच्चाको बिचल्ली भएको छ ।

जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन् ।

छोटो समयमै दर्शक स्राेताको मन जित्न सफल गायिका राईले राजेशपायल राईलगायतसँग गीत गाइसकेकी थिइन् । सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जितेकी थिइन् । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी उनी एसइई उत्तीर्णपछि काठमाडौं पुगेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्नातक तहका प्रश्नपत्र नेपाली भाषामा पनि तयार गर्ने त्रिविको तयारी
२०८० चैत्र १७, शनिबार
आज शनिवार शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् दैनिक राशिफल
२०८० चैत्र १७, शनिबार
प्रतिवेदनका सुझावहरुलाई कार्यान्वयन गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको निर्देशन
२०८० चैत्र १७, शनिबार
फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ : प्रधानन्यायाधीश श्रेष्ठ
२०८० चैत्र १७, शनिबार
मार्फाखोलाको बाढीले बेनी-जोमसोम सडकमा यातायात प्रभावित
२०८० चैत्र १७, शनिबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाले चुनाव लड्न नपाउने
२०८० चैत्र १७, शनिबार
हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाइ कारबाही गर्ने
२०८० चैत्र १७, शनिबार