श्रावण १७, २०८३ आइतबार August 2, 2026

चलचित्र ‘महापुरुष’ टिमले भ्रमण गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेता हरिवंश आचार्यले फेसबुक ग्रुप एमआरआरसँग दसैँको शुभकामना साटासाट गरेका छन् । युवाहरूको विचार र सद्भाव राख्ने ग्रुपको रूपमा परिचित एमआरआरका युवाहरूलाई शनिबार आयोजित कार्यक्रममा दसैँ टीका लगाउँदै आशीर्वाद दिएका हुन् ।

आपसी सद्भाव र सामीप्यताका लागि युवाहरूले वर्षेनी कार्यक्रम आयोजना गर्ने गरेका छन् । ‘दसैँको टीका युवाहरूसँगै मनाउन पाउँदा खुसी लागेको छ । उहाँहरू विचार र सोचले समाजमा प्रभाव पार्नेछ’, अभिनेता आचार्यले भने ।

चलचित्र महापुरुष टिमले मोफसल टुर गर्ने भएको छ । प्रमोसनल टुरमा हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई रहेका छन् ।

केही स्थानमा मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने सेड्युल रहेको तथा हाँस्य, संगीत सहितको प्रस्तुति रहने कलाकारसँगै कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए । ‘हामीले महाभ्रमणमा मनोरञ्जनात्मक कार्यक्रम तयारी गरेका छौँ । हामी फिल्मबारे दर्शकलाई विभिन्न प्रस्तुतिमार्फत जानकारी दिनेछौँ,’ उनले भने ।

बानियाँका अनुसार भ्रमणअन्तर्गत २५ असोजमा विर्तामोडस्थित वान स्टप मल, २६ गते इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, २७ गते हेटौडाको हुप्र चौर, २८ गते नारायणगढको नारायणी नदी किनार, २९ गते बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडि र ३० असोजमा पोखराको हलन चोकमा भेटघाट तथा प्रस्तुति हुनेछ । ‘दर्शकसँग साक्षात्कार गर्दै फिल्मबारे जानकरी दिनु आतुर छु,’ आचार्यले भने । भ्रमणमा सुमन कार्कीले हाँस्य प्रस्तुति दिनेछन् भने निशान भट्टराईले सांगीतिक ।

सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रबिन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ ।

यही फिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले डेब्यु गर्दैछन् । यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ । फिल्ममा दीपक बज्राचार्यले छायांकन, मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति (पत्रसहित)
२०८३ श्रावण १७, आइतबार