कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

नम्रतासँगको रोमान्स टुंगिएपछि नयाँ प्रेमिकासँग दावाको रिलेसनसिप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् । पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुंगिएसँगै उनी सिंगल भएकी हुन् ।

‘ब्रेकअप’को पुष्टि अरु कोही नभएर स्वयं दावाले नै सामाजिक सञ्जालबाट गरेका छन् । उनले नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् ।

नम्रतासँगको रोमान्स टुंगिएपछि नयाँ प्रेमिकासँग दावाको रिलेसनसिप सुरु भएको छ । गत सातासम्म दावा र रिया इटालीको मिलानमा भइरहेको मिलान फेसन विकमा डेट गरिरहेका थिए ।

जहाँसम्म नम्रतासँगको कुरा छ, नम्रता र दावा झण्डै चार वर्ष सम्बन्धमा बसे । यी दुई जना सम्बन्धलाई लिएर गम्भीर पनि थिए । तर कोभिडपछि यी दुईजनाले अलग बाटो रोजे । उनीहरुबीच ब्रेकअप भएको हल्ला त थियो, तर पुष्टि भएको थिएन ।

यद्यपि, दावाको पछिल्लो इन्स्टाग्राम पोस्टले नम्रतासँगको रोमान्स टुंगिएको पुष्टि गरेको छ । नम्रता पुनः सिंगल बनेकी छन् । बक्सिङ अभ्यास गर्दा केही साताअघि नम्रताको हातको औंला भाँच्चिएको थियो र उनी अहिले आराम गरिरहेकी छन् । नम्रता नयाँ फिल्म ‘ग्रहण’को तयारीमा छिन् ।-मेरोसाथीबाट साभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार