श्रावण १७, २०८३ आइतबार August 2, 2026

यी हुन् अभिनयका लागि पतिको साथ छोड्ने नायिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउडमा करियर बनाउन निकै गार्हो कुरा हो । तर, यस्ता केही अभिनेत्री छन्, जसले करियर बनाउनकै लागि कठिन निर्णय लिए । यहाँ केही अभिनेत्रीको चर्चा गरिएको छ, जसले अभिनयमा करियर बनाउनकै लागि पतिको साथ छोडे ।

डिम्पल कपाडिया

बलिउड अभिनेत्री डिम्पल कपाडिया फिल्म ‘बबी’ मार्फत रातारात स्टार बनिन् । तर, उनले सन् १९७३ मा १६ वर्षको उमेरमा अभिनेता राजेश खन्नासँग विवाह गरिन् । विवाह पछि राजेशले डिम्पललाई फिल्ममा काम गर्न आपत्ति जनाए । जसकारण उनले केही समय अभिनयलाई दूरी  बनाइन् । यसको १० वर्षपछि उनले फिल्ममा फर्कने सोच बनाइन् । त्यसका लागि उनले राजेश खन्नाको घर नै छोडिन् ।

मल्लिका शेरावत

अभिनेत्री मल्लिका शेरावतलाई कुनै पनि पहिचानको आवश्यकता छैन । उनले कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । मल्लिकाले फिल्म ‘मर्डर’बाट पहिचान बनाइन् । यो फिल्ममा उनले कैयौं बोल्ड दृश्य दिएकी थिइन् । फिल्ममा आउनुअघि उनले करण गिलसँग विवाह गरेकी थिइन् । अभिनयमा करियर बनाउनका लागि विवाहको एक वर्षपछि सम्बन्धविच्छेद गरेर मुम्बई आइन् । त्यसपछि उनी बलिउडसहित हलिउड फिल्ममा देखिइन् ।

चित्रांगदा सिंह

चित्रांगदाले हालसम्म कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् २००१ मा ज्योति रंधावासँग विवाह गरेकी थिइन् । विवाहपछि उनी मुम्बईमा बस्थिन् र उनका पति नयाँ दिल्लीमा बस्थे । यो विषयलाई लिएर दुवै बीच मतभेद सुरु भयो । अन्ततः अभिनेत्रीले सन् २०१४ मा सम्बन्धविच्छेद गरेर अभिनयलाई करियर बनाइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार