श्रावण १८, २०८३ सोमबार August 3, 2026

पहिलो फिल्म नै फ्लप बनाउन चाहन्थे सलमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः बलिउडमा सलमान खान एक यस्ता अभिनेता हुन्, जसलाई लिएर फिल्म बनाए फिल्म हिट हुने मान्यता छ । तर कमैलाई थाहा होला कि सलमान भने आफ्नो पहिलो फिल्म फ्लप होस् भन्ने चाहन्थे ।

सलमानले आफ्नो पहिलो फिल्मको यात्रा जेके बिहारीको ‘बीवी हो तो ऐसी’ बाट गरेका थिए । यो फिल्ममा उनले रेखाको देवरको भूमिका निर्वाह गरेका थिए । जब निर्देशकले यो फिल्म बनाउने योजना बनाए, त्यो बेला रेखाको देवरका रुपमा कुनै नयाँ अनुहारलाई लिन चाहन्थे ।

उनले अडिसन राख्दा पहिलो दिन कोही आएनन् । अडिसनमा कोही नआएपछि उनले जो पहिलो कलाकार अडिसन दिन आउँछ, उसैलाई त्यो भूमिका दिने निर्णय लिए । यो पहिलो कलाकार सलमान नै थिए ।

सलमान पहिलो फिल्मको अभिनयबाट खुशी थिएनन् । त्यहीकारण उनी फिल्म फ्लप बनाउन चाहन्थे । उनमा आफूले राम्रो काम गर्न नसकेको डर थियो । त्यही डरका कारण उनले निर्देशकले भने अनुसार काम गर्न सकेका थिएनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया