कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छिन् । नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन् । यिनै नोरालाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको छ ।

बंगलादेश सरकारले डलर बचाउन यो निर्णय लिएको हो । बंगलादेशको सांस्कृतिक मामिलाको मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय फिल्म उद्योगमा आफ्नो कामका लागि लोकप्रिय नोरा फतेहीलाई वैश्विक स्थितिलाई मध्यनजर गर्दै र विदेशी मुद्रा भण्डारलाई बचाउन ढाकामा प्रस्तुति दिन अनुमति नदिइएको उल्लेख गरेको छ ।

नोरालाई वुमेन लिडरसिप कर्पोरेसनले आयोजना गर्न लागेको एक कार्यक्रममा नृत्य प्रस्तुत गर्न र अवार्ड दिन बोलाइएको थियो । सांस्कृतिक मन्त्रालयले घट्दो विदेशी मुद्रा भण्डारबीच डलरको भुक्तानीमा केन्द्रीय बैंकको प्रतिबन्धलाई दाबी गरेको छ । जुन १२ अक्टोबरसम्म घटेर ३६ दशमलब ३३ बिलियन डलर भएको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार